मुख्य समाचार
द पोएट आइडल–२०८३’ को उपाधि प्रसान परियारलाई | पोलियोलाई पराजित गर्दै आत्मनिर्भरताको उदाहरण बनेका लेटाङका टंकबहादुर | नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस |

साग्मामा सम्पन्न पुरुष र महिला भलिवलको उपाधि वारांगीलाई (भिडियोसहित)

मोरङ खबर 409+ समाचार ( )
१२ चैत्र २०८०, सोमबार

लेटाङ । लेटाङ १ स्थित साग्मामा साविक वडा स्तरीय भलिवल प्रतियोगिता सम्पन्न भएको छ । स्थानीय नमुना युवा परिवार साग्माको आयोजनामा उत्तरी मोरङका साविक गाविसका वडास्तरीय पुरुष तथा महिला भलिवल प्रतियोगिता सम्पन्न गरिएको हो ।

चैत्र ८ गतेदेखि सुरु भएर आज सोमबार सम्पन्न प्रतियोगितामा पुरुषतर्फ १४ वटा र महिलातर्फ ७ वटा टीम सहभागी भए । प्रतियोगितामा पुरुषतर्फ वारांगी प्रथम, फाइवा दोश्रो र कार्तीके तेश्रो भएका छन् । पुरुषतर्फ प्रथम भएको वारांगीले ट्रफीसहित ३० हजार, द्वीतीय भएको फाइवाले १८ हजार र तृतीय हुने कार्तीकेले ७ हजार नगद पुरस्कार पाएका छन् । 

यसैगरि महिलातर्फको उपाधि पनि वारांगीले नै जितेको छ भने आयोजक साग्मा महिलातर्फको उपविजेता बन्न सफल भएको छ । महिलातर्फको विजेता वारांगीले ट्रफिसहित नगद १० हजार र उपविजेता साग्माले नगद ६ हजार पाएका छन् । विजेता खेलाडीहरुलाई लेटाङ १ का वडाध्यक्ष विष्णुकुमार मगर लगायतका अतिथिहरुले पुरस्कार तथा ट्रफि प्रदान गर्नुभयो । 

आयोजक नमुना युवा परिवार साग्माका अध्यक्ष ख्याम रानामगरको अध्यक्षता तथा वडाध्यक्ष विष्णुकुमार मगरको प्रमुख आतिथ्यतामा भएको प्रतियोगिताको समापन कार्यक्रममा स्थानीय समाजसेवी बालकुमार चेम्जोङ, सविकुमार राई, थामनारायण राई, ठेक्काजित राई, खड्ग नारायण राई, तिलक राई लगायतको आतिथ्यता रहेको थियो । 

कार्यक्रममा बोल्दै वडाध्यक्ष विष्णुकुमार मगरले आगामी वर्षमा पनि साग्मामा भलिवल प्रतियोगिता सञ्चालन गर्न सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले खेल मैदानमा शौचालय निर्माणका लागि बजेट व्यवस्थापन गरिदिएको भन्दै नगर प्रमुख भूपेन्द्र कुमार लावतीलाई धन्यवाद समेत दिनुभयो ।

यसैगरि आयोजक नमुना युवा परिवार साग्माका अध्यक्ष ख्याम रानामगरले सबैबाट थोरै थोरै सहयोग जुटाएर प्रतियोगिता सञ्चालन गरेको जानकारी गराउँदै वडाध्यक्षबाट वर्षेनी सहयोग प्राप्त हुँदै आएको भन्दै खुशी व्यक्त गर्नुभयो । 

यस्तै स्थानीय समाजसेवी सविकुमार राईले गाउँघरमा हुने यस्ता प्रातियोगिताहरुले खेलाडी र खेल क्षेत्रको विकासका लागि ठूलो मद्दत पुग्ने बताउनुभयो । कार्यक्रममा खेल मैदानका लागि १ रोपनी जग्गा उपलब्ध गराउनु हुने जग्गादाता डम्बर राईलाई सम्मान समेत गरिएको छ ।

उत्तरी मोरङको पहाडी वडाहरुमा निकै लोकप्रिय खेलको रुपमा रहेको भलिवल खेलको विकास र प्रवर्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार