मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

वडाध्यक्ष संरक्षक बसिदिएपछि ७५ वर्षीया नेप्टी दर्जीले पाइन् नागरिकता (भिडियोसहित)

रेवती रमण निरौला 160+ समाचार ( )
१६ माघ २०८०, मङ्गलबार

लेटाङ । जीवनको उत्तरार्धमै भएपनि नेपाली नागरिकको पहिचान पाएपछि लेटाङ ३ निवासी नेप्टी दर्जी निकै हर्षित भएकी छन् । जीवनका ७५ वसन्त पार गरेपछि बल्ल उनले सेमबार आफ्नो अभिभावक भेटेकी छन् अनि नेपाली हुनुको पहिचान नेपाली नागरिकता पाएकी छन् ।

 नागरिकता बनाइ दिने व्यक्ति नभएपछि उनले यतिका वर्षसम्म अनागरिक भएर बस्नु पर्यो । परिवार बिहिन उनी बोल्न र सुन्न सक्दिनन् भने शारिरिक अपांगताका कारण हिंड्न समेत उनलाई सजिलो छैन । तरपनि आफ्नो प्राण बचाउन उनी वर्षौं अघिदेखि लेटाङ बजारमा घरघर पुगेर मागि खान बाध्य थिइन् । 

राज्यले विभिन्न प्रकारका सामाजिक सुरक्षा भत्ता दिने गरेको भएपनि नागरिकता नभएपछि उनी ति सबै सेवा सुविधाबाट बञ्चित थिइन् । तर अब उनलाई यो वृद्ध उमेरमा अशक्त शरिर लिएर माग्दै हिंड्नुपर्ने बाध्यता हटेको छ । 

ढिलै भयो, बेसै भयो भने झैं उनले ७५ वर्षको उमेरमा नागरिकता बनाइ दिने अभिभावक भेटेकी छन् । नागरिकताकै कारण समस्या भएको थाहा पाएपछि लेटाङ ३ का वडाध्यक्ष डम्बर बहादुर राईले आफै अभिभावक बनेर नेप्टी दर्जीलाई नागरिकता दिलाएका छन् । 

  वडाध्यक्ष राईले कोही नभएकाहरुकालागि राज्य नै अभिभावक हो भन्ने कथन पुष्टि गरिदिएका छन् । नेप्टी दर्जीको शरिरिक अस्वस्थताका कारण जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप शाहले स्वयम् सोमबार लेटाङ नगरपालिकामा आएर दर्जीलाई नागरिकता प्रदान गर्नु भएको छ । 

 वर्षौंदेखि नागरिकता बनाउन खोज्दा पनि नभएपछि आजित भएका नेप्टी दर्जीका आफन्तजनले समेत नागरिकता दिलाइ दिएकोमा वडाध्यक्ष लगायत सबैलाई धन्यवाद दिएका छन् । यसअघि नागरिकता बन्दैन भनिएको अवस्थामा वडाध्यक्षले नै अभिभावक बनेर नागरिकता दिएपनि दर्जीकी भदैनी भाविह्वल भइन् । 

  लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्र कुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला, वडाध्यक्ष डम्बर बहादुर राई लागयतको उपस्थितिमा सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप शाहले दर्जीलाई नागरिकता प्रदान गरे । नगर प्रमुख भूपेन्द्र कुमार लावतीले जनताका समस्या नजर अन्दाज गर्ने भन्दापनि उनीहरुको संवेदनशीलता बुझेर समस्या समाधानमा लाग्दा पक्कै पनि सफलता मिल्ने बताए । उनले नागरिकता दिलाउन पहल गन वडाध्यक्ष र सहयोग जिल्ला प्रशासन कार्यालय  दुवै जनालाई धन्यवादन दिए ।

 नयाँ संविधान २०७२ जारी भएपछि संविधानमा रहेको नागरिकता सम्बन्धि व्यवस्थाका कारण नेप्टी दर्जीले ढिलै गरि भएपनि नागरिकता  पाइन् । हाम्रो गाउँसमाजमा नागरिकता बनाइ दिने अभिभावक नुहँदा धेरैले नेप्टी दर्जीकै जस्तो समस्या झेल्नु परेको छ ।  सबै जनप्रतिनिधिले यस्ता समस्याहरुलाई बेलैमा बुझेर असाहायहरुलाई सहयोग गर्न सके जनप्रतिनिधिहरु साँच्चिकै शासक होइन जनताको सेवक भएको पुष्टि हुने थियो । 

भिडियो समाचारका लागि  https://youtu.be/frOhXxDPNWE  मा क्लिक गर्नुहोला । 

प्रतिक्रिया

इमनाथ पोखरेल १७ माघ २०८०, बुधवार

सलाम,जनताको अभिभावक वडा अध्यक्ष लाई।

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार