मुख्य समाचार
द पोएट आइडल–२०८३’ को उपाधि प्रसान परियारलाई | पोलियोलाई पराजित गर्दै आत्मनिर्भरताको उदाहरण बनेका लेटाङका टंकबहादुर | नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस |

लेटाङ क्याम्पसको १५ औं परिषद् भेला सम्पन्न

मोरङ खबर 409+ समाचार ( )
१५ मंगशिर २०८०, शुक्रबार

लेटाङ । लेटाङ क्याम्पसको १५ औं  परिषद् भेला सम्पन्न भएको छ । कोशी प्रदेशका सांसद खड्ग बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा क्याम्पसको सभाहलमा शुक्रबार दिउँसो विविध कार्यक्रम गरि परिषद् भेला सम्पन्न गरिएको हो । परिषद् भेलाको अवसरमा सम्मान, स्वागत, विदाई, पुरस्कार तथा छात्रवृत्ति वितरण लगायतका कार्यक्रम गरिएको छ । पूर्वप्राध्यापकहरुको सम्मान सहित विदाइ गर्नुका साथै नयाँ प्राध्यापकहरुलाई स्वागत गरिएको छ । 

सो अवसरमा ६६ जना जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ । सुवास भण्डारी स्मृति छात्रवृत्ति अक्षयकोषबाट ३ जना, तारावीर न्यौपाने स्मृति छात्रवृत्ति अक्षयकोषबाट २ जना, बसुन्धरा न्यौपाने स्मृति छात्रवृत्ति अक्षयकोषबाट ३ जना, खगेन्द्र पाण्डे स्मृति छात्रवृत्ति अक्षयकोषबाट २ जना, श्याम कुमारी राई स्मृति छात्रवृत्ति अक्षयकोषबाट ५ जना, बलाराम राई स्मृति छात्रवृत्ति अक्षयकोषबाट २ जना, लेटाङ नगरपालिका  वडा नम्बर १ बाट ३ जना, लेटाङ नगरपालिका  वडा नम्बर ३ बाट ४ जना, लेटाङ नगरपालिका  वडा नम्बर ४ बाट ८ जना, लेटाङ नगरपालिका  वडा नम्बर ५ बाट २० जनालाई छात्रवृति वितरण गरिएको हो । 

भेलामा क्याम्पसको बार्षिक प्रगति प्रतिबेदन क्याम्पस प्रमुख वीरेन्द्र कुमार लिम्बूले प्रस्तुत गर्नुभयो भने आर्थिक प्रतिवेदन लेखा समिति संयोजक भुमिका राईले प्रस्तुत गर्नुभयो । सो अवसरमा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुती गरेका थिए भने विभिन्न खेलकुद प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रममा लेटाङ नगरपालिका नगर प्रमुख भूपेन्द्र कुमार लावती, पूर्वनगर प्रमुख शंकर राई विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामुदायीक वनका प्रतिनिधि, सहकारी तथा विद्यालयका प्रतिनिधिहरु, शिक्षा प्रेमी, बुद्धिजीवी, समाजसेवी, स्ववियूका पदाधिकारीहरु, क्याम्पस परिषद सदस्य तथा विद्यार्र्थीहरुको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार