मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

लेटाङ खेलकुद महोत्सव : फुटबलतर्फको उपाधि लेटाङ–६ लाई

रेवती रमण निरौला 160+ समाचार ( )
आज बुधबार सम्पन्न फाइनल खेलमा वडा नम्बर ३ लाई ० का विरुद्ध ३ गोल अन्तरले पराजित गर्दै वडा नम्बर ६ ले उपाधि जितेको हो ।
७ फाल्गुन २०८१, बुधवार

लेटाङ । लेटाङ खेलकुद महोत्सव अन्तरगत पुरुष फुटबलतर्फको उपाधि लेटाङ   ६ ले जितेको छ । आज बुधबार सम्पन्न फाइनल खेलमा वडा नम्बर ३ लाई ० का विरुद्ध ३ गोल अन्तरले पराजित गर्दै वडा नम्बर ६ ले उपाधि जितेको हो ।

वडा नम्बर ६ लाई जित दिलाउने क्रममा जर्सी नम्बर १७ का अनिल राईले खेल सुरु भएको ७ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । यसैगरि पहिलो हाफको ३३ मिनेटमा जर्सी नम्बर ८ का खेलाडी अनिस लिम्बूले गोल गर्दै वडा नम्बर ६ को अग्रता दोव्वर पारे । यस्तै दोश्रो हाफको ७ मिनेटमा जर्सी नम्बर ३० का खगेन्द्र लिम्बूले वडा नम्बर ६ का लागि तेश्रो गोल गर्दै जित सुनिश्चित गरेका थिए ।

दोश्रो हाफको सुरुमै दुवै टीमका १–१ जना खेलाडीले रेडकार्ड पाएपछि दुवै टीम १० खेलाडीमा सिमिति भएका थिए । वडा नम्बर ६ का जर्सी नम्बर २५ का अभिषेक मगर र वडा ३ का सुजन विकले खेल मैदानमै एकआपसमा विवाद गरेपछि रातो कार्ड खाँदै बारिरिएका हुन्  । 

वडा नम्बर ६ सेमीफाइनलमा वडा नम्बर ८ लाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो भने वडा नम्बर ३ सेमीफाइनलमा वडा नम्बर २ लाई पराजित गर्दै फाइनलमा पुगेको थियो । 

यसैगरि मंगलबार सम्पन्न तेश्रो स्थानको खेलमा वडा नम्बर २ लाई ३–० ले पराजित गर्दै वडा नम्बर ८ ले तेश्रो स्थान हासिल गरेको थियो । 

विजेता तथा उपविजेता खेलाडीहरुलाई नगर प्रमख भूपेन्द्र कुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला, पूर्वनगर प्रमुख शंकर राई लगायतले ट्रफि, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गनृुभयो ।    

उपाधि विजेता वडा नम्बर ६ ले ट्रफिसहित नगद ५० हजार, उपविजेता वडा नम्बर ३ ले ट्रफिसहित ३० हजार र तेश्रो भएको वडा नम्बर ८ ले नगद २० हजार पुरस्कार पाएका छन् । लेटाङ खेलकुद महोत्सव अन्तरगत फुटबलतर्फ वडा नम्बर ७ बाहेक ८ वटा वडाका टोलीले प्रतिस्पर्धा गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार