मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

म साझा उम्मेदार हुँ, कुनै गुटको होइन : नन्दलाल धिमाल

मोरङ खबर 406+ समाचार ( )
२ भाद्र २०८२, सोमबार

लेटाङ । नेकपा एमाले लेटाङ नगर कमिटीको निर्वाचन नजिकिंदै जाँदा अध्यक्षका आकांक्षीहरुले आफ्नो धारणा सार्वजनिक गर्ने क्रम सुरु भएको छ । अध्यक्षका मुख्य दावेदारका रुपमा रहेका नन्दलाल धिमालले आफु नगर कमिटी अध्यक्षका लागि उम्मेदवार बन्ने तयारीका साथ अघि बढेको जानकारी दिनुभयो । 

मोरङ खबरसँग कुराकानी गर्दै उहाँले आफु लेटाङमा नेकपा एमालेलाई एकढिक्का बनाएर लैजाने उद्देश्यका साथ पार्टीको नेतृत्व लिनका लागि अघि बढेको बताउनुभयो । धेरै नेता कार्यकर्ताहरुले तपाईं अघि बढ्नुपर्छ, नेतृत्व लिनुपर्छ भनेकाले सोहि अनुशार लेटाङको पार्टीमा देखिएका केहि असहमतिहरुलाई समाधान गर्दै पार्टीलाई एकढिक्का बनाएर मिसन ८४ सफल बनाउने उद्देश्यका साथ अघि बढेको उहाँको भनाइ छ । 

नेकपा एमाले मोरङका पूर्व जिल्ला कमिटी सदस्य समेत रहेका धिमालले पार्टी केन्द्रमा देखिएको गुटगत अवस्थामा आफु नजोडिएको भन्दै नगर कमिटीको निर्वाचनमा अध्यक्ष पदको साझा उम्मेदवार भएको बताउनुभयो । विभिन्न सञ्चारमाध्यममा आफूलाई विद्या भण्डारी पक्ष भनेर प्रचार गरिएकोप्रति असन्तुष्टि जनाउँदै उहाँले आफु कुनै गुट उपगुटमा नलागेको दावी गर्नुभयो । आफुलाई दुवै पक्षमा खुलेका नेता–कार्यकर्ताहरुको समर्थन रहेको भन्दै धिमालले नेकपा एमालेको नेतृत्व केपी ओली नै रहेकाले भोलि अन्य व्यक्ति नेतृत्वमा आउने अवस्था भए उहाँको सहमतिमा नै आउने बताउनुभयो । 

“कुनै पक्षमा खुलेका नेताले समर्थन गरे भन्दैमा मलाई उतैको देख्न भएन, मलाई दुवै पक्षका नेता तथा कार्यकर्ताको समर्थन छ ।” उहाँले भन्नुभयो, “ नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली नै हो, भोलि अरु कोही अध्यक्ष बन्छ भने केपी ओलीकै सहमतिमा बन्ने हो ।”    

धिमालले पार्टीमा निकै लामो समयदेखि एकले अर्कोलाई पेलेर जाने अवस्था देखिएको भन्दै लेटाङमा त्यो अवस्थाको अन्त्य गरि साझा सहमति र सहकार्य गरेर लेटाङको एमालेलाई एकढिक्का बनाउने उद्देश्यका साथ आफु अघि बढेको बताउनुभयो । 

पार्टीका अगुवा नेताहरुले चाहेमा नेकपा एमाले लेटाङ नगर कमिटीको नयाँ नेतृत्व सहमतिमै चयन गर्ने संभवाना पनि उत्तीकै रहेको उहाँको बुझाइ छ । विभिन्न तहका निर्वाचन नजिकिंदै गएको अवस्थामा पार्टीमा असन्तुष्टि बढाउने भन्दा पनि एकता र सहमति खोज्नेतर्फ लाग्नु पार्टी र नगरको हितमा हुने उहाँले बताउनुभयो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार