मुख्य समाचार
द पोएट आइडल–२०८३’ को उपाधि प्रसान परियारलाई | पोलियोलाई पराजित गर्दै आत्मनिर्भरताको उदाहरण बनेका लेटाङका टंकबहादुर | नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस |

सुन्दरहरैंचा ५ मा जग्गाको निस्सा वितरण, वडावासीहरु हर्षित

मोरङ खबर 409+ समाचार ( )
२२ अशोज २०८०, सोमबार

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ५ मा  अव्यवस्थित बसोबासी, भुमिहिन सुकुम्बासी र भुमिहिन दलितलाई जग्गा वितरण गर्ने उद्देश्यका साथ जग्गाको निस्सा बितरण सुरु गरिएको छ । आज वडा कार्यालयमा नगर प्रमुख केदार प्रसाद गुरागाईं र वडाध्यक्ष गणेश चौधरीले जग्गाको निस्सा प्रदान गर्नुभयो ।

अव्यवस्थित बसोबासी, भुमिहिन सुकुम्बासी र भुमिहिन दलितलाई जग्गा प्रदान गर्ने उद्देश्यका साथ पहिलो चरणमा केही वडावासीलाई मात्र निस्सा वितरण गरिएको हो ।

पहिलो चरणमा सबै प्रकृया र कागजपत्र पुगेकाहरुलाई निस्सा वितरण गरिएको र बाँकीलाई आगामी दिनमा वितरण गर्दै जाने वडाध्यक्ष चौधरीले जानकारी दिनुभयो । उहाँले निस्सा पाएकाहरुलाई धनिपूर्जा वितरणका लागि अब जग्गा नापजाँचको काम पनि सँगसँगै अघि बढाइने बताउनुभयो ।    

वडामा जम्मा ७ सयले फारम भरेको भन्दै उहाँले सरकारको नियम अनुशार भूमिहिन सुकुम्वासी र दलितलाई निःशुल्क र अव्यवस्थित बसोवासीलाई उचित राजश्व लिएर जग्गा वितरण गरिने जानकारी दिनुभयो ।

निस्सा वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख केदार प्रसाद गुरागाईंले हाल नगरपालिकाले निस्सा वितरणको काम अघि बढाएकोमा मंसिर लगत्तै नापी गरि जग्गा प्रदान गर्ने काम पनि सुरु गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

जग्गाको निस्सा पाएपछि जग्गा पाउने आसमा रहेकाहरु वडावासीहरु हर्सित भएका छन् । ढिलै भएपनि जग्गाको निस्सा दिएकाले अब चाँडै जग्गा धनिपूर्जा समेत पाउने आशा पलाएको उनीहरुको भनाइ छ ।   

सो अवसरमा वडासदस्य घनश्याम घले गुरुङ , वडासचिव इन्द्रबहादुर राई लगायतको पनि उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार