मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |
मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |


लेटाङमा जिल्ला प्रशासन कार्यालय मोरङको सार्वजनिक सुनुवाई नागरिकता, अवैध उत्खनन् र लागुऔषध दुर्व्यसनका विषय उठान

मोरङ खबर 406+ समाचार ( )
२२ जेठ २०८२, बुधवार

लेटाङ । जिल्ला सुरक्षा समिति मोरङको आयोजनामा आज बुधबार लेटाङ नगरपालिकामा सेवा प्रवाह सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । खासगरि जिल्ला प्रशासन कार्यालयमार्फत प्रवाह हुने सेवाका विषयमा स्थानीय तहका जनप्रतिनिधि तथा सर्वसाधारण नागरिकको गुनासो सुन्ने उद्देश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गरिएको हो । 

लेटाङ नगरपालिकाको व्यवस्थापनमा नगरपालिकाको सभाहलमा भएको कार्यक्रमको सुरुमा स्वागत मन्तव्य राख्दै लेटाङ नगरपालिका उपप्रमुख कृष्णकुमारी निरौलाले खासगरि नागरिकता विषयमा धेरै समस्या देखिएकाले त्यसलाई सहज बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले लेटाङ क्षेत्रमा लागुऔषध दुर्व्यसन बढेकाले चिन्ताजनक अवस्था रहेको पनि बताउनुभयो । 

कार्यक्रमका सहभागीहरुले पनि सेवा प्रवाहका क्रममा नागरिकताका विषयमा जनताले झन्झट व्यहोर्नु परेको, चुरे क्षेत्रमा अवैधरुपमा ढुंगा उत्खनन् हुने गरेको र लागुऔषध दुर्व्यसन बढेको जस्ता विषय उठान गरेका छन् । 

कार्यक्रममा बोल्दै लेटाङ २ का वडाध्यक्ष तेजप्रसाद तिम्सिना, लेटाङ ३ का वडाध्यक्ष डम्बर राई, लेटाङ ६ का वडाध्यक्ष जंगवीर तामाङ र लेटाङ ९ का वडाध्यक्ष नन्दप्रसाद खतिवडाले नागरिकता बनाउने क्रममा जनताले प्रशासन कार्यालयहरुबाट अनावश्यक झन्झटल व्यहोर्नु परेको गुनाशो गर्नु भएको छ । 

उहाँहरुले वर्षौँदेखि नगर क्षेत्रमा बसोबास गर्दै आएका व्यक्तिहरु समेत नागरिकता विहीन हुनु परेको भन्दै त्यसको समाधान खोज्नुपर्नेमा जोड दिनु भएको छ । 

यसैगरि राजनीतिक दलका प्रतिनिधिहरुले पनि विभिन्न विषय उठान गरेका छन् । नेकपा एमालेका नगर सचिव जीतबहादुर लामाले नगर क्षेत्रमा लागुऔषध दुव्र्यसनी बढेको तथा ट्राफिक नियमपालना नभएको विषयमा ध्यानाकर्षण गारउनु भएको छ ।

यस्तै नेकपा माओवादी केन्द्रका गोपाल नेपालीले सर्वसधारण जनताहरु नागरिकताविहीन हुनुपरेको विषय उठान गर्नु भएको छ ।

यसैगरि नेकपा एमाले लेटाङ ६ का अध्यक्ष पूर्ण तामाङले नागरिकता बनाउने विषयमा धेरै झन्झट झेल्नु परेको तथा चुरे क्षेत्रबाट अवैध रुपमा ढुंगा उत्खनन् हुने गरेको भन्दै नियन्त्रण गर्नुपर्नेमा जोड दिनु भएको छ ।

यसैगरि जनता समाजवादी पार्टीका नगर अध्यक्ष भक्तराज राईले नगर क्षेत्रमा धेरै युवाहरु लागुऔषध दुर्व्यसनको शिकार बनेको भन्दै प्रशासनले नै लागुऔषध दुव्र्यसन नियन्त्रणका लागि काम गर्नुपर्ने बताउनुभयो ।

यसैगरि शिक्षक महासंघ लेटाङका अध्यक्ष हरिप्रसाद धिमालले पनि लागुऔषध विकराल रुपमा रहेकोमा प्रहरीले नियन्त्रणका प्रयास गरिरहे पनि पर्याप्त नभएको बताउनुभयो । 

यस्तै नेपाल पत्रकार महासंघ मोरङका सहसचिव रेवतीरमण निरौलाले चुरे क्षेत्रबाट अवैधरुपमा ढुंगा उत्खनन् हुँदा समेत सरोकारवाला निकायले किन ध्यान नदिएको ? क्रसरहरुको मापदण्ड के हो ? र अवैध उत्खनन्मा प्रहरी प्रशासनको जिल्ला तहसम्मकै मिलमतो हुन्छ भनेर आरोप लाग्ने गरेको विषय के हो भनेर प्रश्न गर्नुभयो ।     

 सबैजनाको गुनाशो सुनिसकेपछि मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले एक–एक गरेर अधिकांश प्रश्नको जवाफ दिनुभयो । खासगरि नागकिरताको विषयमा जवाफ दिने क्रममा उहाँले कपितयको समस्या तत्काल समाधान हुने बताउनुभयो भने कतिपयको कागजपत्र हेरेर मात्र अघि बढ्न सकिने उल्लेख गर्नुभयो । कपितय विषयमा भने उहाँले कानुनी व्यवस्था प्रतिकुल भएकाले संभव नहुने पनि प्रष्ट पार्नुभयो । 

यस्तै प्रमुख जिल्ला अधिकारी यादवले क्रसरहरुको मापदण्ड निकै कडिकडाउ भएकाले लागु हुन नसकिरहेको उल्लेख गर्नुभयो । सरकारले क्रसरहरुलाई मापदण्डमा ल्याउन पटकपटक प्रयास गरेपनि सफल हुन नसकेको भन्दै उहाँले क्रसरहरुलाई मापदण्डमा ल्याउँदा कुनैपनि क्रशर चल्न नसक्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी यादवले मापदण्ड २०७७ लाई जस्ताको तस्तै कार्यान्वयन गर्ने हो भने कुनैपनि क्रशर वैधानिकरुपमा चल्न नसक्ने पनि उल्लेख गर्नुभयो ।

 कार्यक्रममा बोल्दै मोरङका सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले जिल्ला प्रशासन कार्यालयले प्रवाह गर्ने सेवाका विषयमा जानकारी गराउनु भयो । उहाँले सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गर्नुको उद्देश्य बारेमा पनि प्रष्ट पार्नुभयो । 

 यसैगरि लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्र कुमार लावतीले आफुले राखेको प्रस्तव अनुशार लेटाङमा आएर सार्वजनिक सुनुवाई कार्यक्रम राखिदिएकोमा जिल्ला प्रशासन कार्यालयलाई धन्यवादन दिनुभयो । उहाँले सार्वजनिक सुनुवाईमा उठेका विषयले सेवाप्रवाह गर्ने विभिन्न निकायलाई झक्झक्याउने काम गरेको बताउनुभयो । उहाँले कार्यक्रममा उठेका विषयलाई गंभीरतापूर्वक लिएर हल खोज्न पनि जिल्ला प्रशासन कार्यालयलाई आग्रह गर्नुभयो । 

 नगर प्रमुख लागतीले चुरे क्षेत्रबाट अवैधरुपमा ढुंगा उत्खनन् भएको विषयमा नगरपालिकाले नियन्त्रणका लागि प्रयास गरेको भएपनि कानुनले नदिएको बताउनुभयो । चुरेको वन क्षेत्रको नियमनको जिम्मेवारी डिभिजन वन कार्यालयको भएपनि जनप्रतिनिधिले सेटिङ गरेको भनेर आरोप लाग्ने गरेको उहाँको भनाइ छ । 

 सोही अवसरमा जिल्ला प्रहरी कार्यालय मोरङले लागुऔषध नियन्त्रण सम्बन्धि सचेतनामुलक कार्यक्रम समेत सञ्चालन गरेको छ । कार्यक्रममा लागुऔषध दुर्व्यसनको अवस्था, लागुऔषधको प्रकार, लागुऔषध नियन्त्रणका लागि गरिएका प्रयास लगायतका विषयमा प्रहरी निरिक्षक रचिता चौधरी यादवले जानकारी गराउनु भएको थियो ।   


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार