मुख्य समाचार
द पोएट आइडल–२०८३’ को उपाधि प्रसान परियारलाई | पोलियोलाई पराजित गर्दै आत्मनिर्भरताको उदाहरण बनेका लेटाङका टंकबहादुर | नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस |

लेटाङ ९ जाँतेमा एमालेको चीयापान कार्यक्रम सम्पन्न

विवेक वस्ती 22+ समाचार ( )
२२ कार्तिक २०८०, बुधवार

लेटाङ । लेटाङ ९ जाँतेमा दशैं, तिहार लगायतका चाडपर्वहरुको उपलक्ष्यमा शुभकामना आदन प्रदान कार्यक्रम गरिएको छ । नेकपा एमाले लेटाङ नगरपालिका ९ नम्वर शाखा कमिटीले स्थानीय शिवालय मन्दिरको सभाहलमा विभिन्न व्यक्तिहरुको सहभागीतामा शुभकामना आदन प्रदान कार्यक्रम गरेको हो ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामुदायिक वन, सहकारी, जातिय तथा धार्मिक संस्था र सामाजिक संघसँस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । नेकपा एमाले लेटाङ नगरपालिका ९ नम्बर शाखा कमिटी अध्यक्ष वद्रीनारायण निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्र कुमार लावतीको प्रमुख आतिथ्यता रहेको थियो । 

कार्यक्रममा बोेल्दै प्रमुख अतिथि लावतीले चाडपर्वहरुले सबैलाई भाइचाराको सन्देश दिने भन्दै मितव्ययी भएर संस्कृतिको संरक्षण गर्दै चाडपर्वहरु मनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले लेटाङ नगरपालिकाले दीर्घकालिन योजनाका साथ विकासका काम अघि बढाएको पनि उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेकपा एमाले मोरङ जिल्ला कमिटि सचिवालय सदस्य तथा लेटाङ नगर इञ्चार्ज डिल्ली विश्वकर्मा, जिल्ला कमिटि सदस्य तथा लेटाङ नगर उपप्रमुख कृष्णकुमारी निरौला, जिल्ला कमिटि सदस्य नन्दलाल धिमाल, खगेन्द्र राज भण्डारी, कृष्ण प्रसाद लुइँटेल, लेटाङ ३ का वडाध्यक्ष डम्वर राई, लेटाङ ९ का वडाध्यक्ष तथा नेपाली कांग्रेस जिल्ला कमिटी सदस्य नन्दप्रसाद खतिवडा लगायतका अतिथिहरुले मन्तव्य व्यक्त गर्नुभयो । मन्तव्य व्यक्त गर्दै वक्ताहरुले यस्ता प्रकारका कार्यक्रमले सामाजिक सद्भाव तथा असल राजनीतिक संस्कारको विकास गर्ने भन्दै चडपर्वहरुको शुभकामना व्यक्त गरेका छन् ।

शुभकामना आदन प्रदान तथा चीयापान कार्यक्रममा सहभागीहरुलाई रातो चिया र चना चिउरा खुवाइएको थियो ।  कार्यक्रम सञ्चालन शाखा कमिटी सचिव बुद्धिमान मास्की मगरले गर्नु भएको थियो भने कार्यक्रममा आतिथिहरुलाई ड्यासमा नराखी नेकपा एमालेको नयाँ ढाँचा बमोजिम दर्शक दीर्घामा राखिएको थियो ।   

पछिल्लो समय दशैं, तिहार लगायताका चाडपर्वहरुको अवसर पारेर शुभकामना आदन प्रदान तथा चीयापान कार्यक्रम गर्ने चलन बढ्दै गएको छ । नेकपा एमाले लेटाङ ८ ले पनि भर्खरै यस प्रकारको कार्यक्रम गरेको थियो भने नेकपा एमाले मोरङ जिल्ला कमिटीले कात्र्तीक २५ गते विराटनगरमा अध्यक्ष केपी शर्मा ओलीको सहभागीतामा भव्यरुपमा चीयापान कार्यक्रम गर्दैछ ।    

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार